एक वर्षमै साढे ९ हजार शंकास्पद वित्तीय कारोबार - ekantipur.com
Source: kant
नेपालमा सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधसँग सम्बन्धित गतिविधिको प्रतिवेदन (उजुरी) ३० प्रतिशतभन्दा बढी बढेको एक सरकारी प्रतिवेदनले औंल्याएको छ । राष्ट्र बैंक ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआईयू नेपाल’ ले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले नेपालमा शंकास्पद कारोबारको उजुरी ३०.३४ प्रतिशतले बढेको देखाएको हो ।