Redirecting...

नथिङको फ्ल्यागशिप इन्डिया स्टोर फेब्रुअरी १४ मा खुल्ने - www.technologykhabar.com

नथिङको फ्ल्यागशिप इन्डिया स्टोर फेब्रुअरी १४ मा खुल्ने - www.technologykhabar.com
Source: tckb

नथिङले भारतमा आफ्नो पहिलो फ्ल्यागशिप स्टोर खोल्ने मितिको खुलासा गरेको छ। दक्षिण भारतीय शहर बेंगलुरुमा अवस्थित यो स्टोर फेब्रुअरी १४ शनिबार खुल्नेछ। कम्पनीले केही हप्ता अघि पहिलो पटक आफ्नो स्टोर खोल्ने योजना घोषणा गरेको थियो। २०२२ मा लन्डनमा खोलिएको पहिलो स्टोर पछि भारतको स्टोर नथिङको दोस्रो फ्ल्यागशिप स्टोर हुनेछ। नथिङले स्टोरको सही स्थान बारे उल्लेख नगरे पनि स्थानीयहरूले इन्दिरानगरको १०० फिट रोडमा संयोगवश शाओमी स्टोरको छेउमा कम्पनीको नयाँ स्टोर देखेको बताइएको छ। स्टोर सेटअपको अन्तिम चरणमा देखिएको र केही निर्माण कार्य अझै बाँकी रहेको उल्लेख गरिएको छ। उक्त दुई तले लेआउटसहितको स्टोरमा ग्लासको फसाद (भवनको अघिल्लो भाग) र ब्ल्याक हाइलाइटहरू रहेको छ। कम्पनीले सामाजिक सञ्जालमा प्रारम्भिक योजना चरणका केही तस्बिरहरू साझा गरिरहेको छ। उक्त तस्बिरहरूमा बस्ने ठाउँको लागि स्केच, डेमो युनिटहरूको लागि टेबल, प्रकाश प्रणालीका साथै कम्पनीको अपेरल सङ्कलनको लागि र्याक डिजाइनहरू समावेश छन्। फ्ल्यागशिप स्टोर भएकोले यहाँ प्रदर्शित कम्पनीका सबै उत्पादनहरू फेला पार्न सकिनेछ भने अन्यत्र देख्न नसकिने केही उत्पादनहरू पनि समावेश रहेको छन्। स्टोर खोल्ने तालिका अब तीन हप्ताभन्दा कम समयको लागि तय गरिएको छ र उक्त स्टोरको थप तस्बिरहरू आगामी दिनहरुमा देखा पर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ। The post नथिङको फ्ल्यागशिप इन्डिया स्टोर फेब्रुअरी १४ मा खुल्ने appeared first on Technology Khabar.