Redirecting...

शान्तीश्री र गौरवको स्वरमा ‘सुन मायालु’ - ehimalayatimes.com

शान्तीश्री र गौरवको स्वरमा ‘सुन मायालु’ - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको गीत ‘सुन मायालु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लोक-पप शैलीमा तयार गरिएको उक्त गीतमा नागेन्द्र श्रेष्ठको संगीत छ । प्रेम र रोमान्सलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोमा गायक गौरव गिरी स्वयंको अभिनय देख्न सकिन्छ भने उहाँलाई अभिनेत्री दीपा शाहीले साथ दिनुभएको छ । गीतमा एरेन्ज केशव बडुको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ श्याम श्वेत रसाइलीले गर्नुभएको छ । अनिल के.मानन्धरको डिओपी रहेको भिडियोमा जयन्द्र कुँवरको छायांकन छ । भिडियोको निर्देशन पनि गायक गौरव गिरीले नै गर्नुभएको हो । निरज सापकोटाको सम्पादन रहेको भिडियोमा गौरव गिरी र दीपा शाहीका अलावा जीवन थापा, सुरेश भट्ट, बब्लु गौतम, मोनिका सिंह र बबिता तिरुवाको पनि अभिनय देख्न सकिन्छ । भिडियोको कलर सम्पादन श्याम कुँवरले गर्नुभएको हो । गीतको भिडियो संगीतकार नागेन्द्र श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।