लेकका गोठ बेंसीतर्फ झार्न शुरू - ujyaaloonline.com
Source: unn
गोरखा – लेकका गोठ उधो अर्थात् बेंसीतर्फ झार्न शुरू भएको छ । धान्यपूर्णिमालाई उधौली पर्वका रुपमा पनि मनाइन्छ । यसको सम्बन्ध गोठ तलतिर झार्नुसँग पनि छ । उधौली पर्वको केही हप्ता अघिदेखि केही हप्तापछिसम्म भेडा तथा चौँरीगोठ बेंसीतर्फ झार्ने चलन छ । गोरखामा सबैभन्दा बढी भेडापालन हुने चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का २५ हजार भेडाबाख्रा बेंसी झारिसकेको वडासदस्य विकास गुरुङले जानकारी दिनुभयो । चुमनुब्रीबाट भेडालाई गोरखा, धादिङ, लमजुङका बेंसीतिर लैजान थालिएको स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताउनुभयो । हिजो र ...