आक्रोश र निराशा बोकेर घर फर्कियो देउवा पक्ष - bishwokhabar.com
Source: bsbk
काठमाडौँ- कांग्रेसको आन्तरिक विवाद निर्वाचन आयोगले साम्य पारेको छ । शुक्रबार आयोगले गगन थापालाई कांग्रेसको आधिकारिक सभापति भएको निर्णय गरेपछि कांग्रेसको आन्तरिक विवाद साम्य भएको हो । आधिकारिकताका लागि शेरबहादुर देउवा र गगन समूह निर्वाचन आयोगमा पुगेको थियो । गगनको पक्षमा निर्णय आएसँगै देउवा पक्षका नेता,कार्यकर्ताहरू आक्रोश र निराशा बोकेर घर फर्किएका छन् । केहीबेर देउवा पक्षले नाराबाजी गरेकाे थियाे । यद्यपि अहिले आयाेग परिसर सामान्य बन्दै गएकाे छ ।