नगद कारोबारको सीमा बढाउन उद्योगी-व्यवसायीको माग - farakdhar.com
Source: FRDH
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको सीमा बढाउन आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ५ लाख रुपैयाँसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीलाई समस्या परेको बताए। बैंकिङ पहुँच देशका सबै स्थानमा नपुगेको अवस्थामा यस्तो सीमा व्यवहारिक नभएको उनको भनाइ छ। ढकालले भन्सार राजस्वलाई मात्र प्राथमिकता दिनुभन्दा स्वदेशी उत्पादन र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित आर्थिक नीति आवश्यक रहेको बताए। त्यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुम...