Redirecting...

एमाले राष्ट्रिय महाधिवेशन : १०८ जना प्रतिनिधि मनोनयन (नामावलीसहित) - janatatimes.com

एमाले राष्ट्रिय महाधिवेशन : १०८ जना प्रतिनिधि मनोनयन (नामावलीसहित) - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर २७ । नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनका १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको बैठकले उनीहरूलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो ।एमालेका संगठन विभाग एवम् प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको ११ औं महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधि संख्या २ हजार २६२ हुने जानकारी दिनुभयो । उहाँका अनुसार एमाले केन्द्रीय सचिवालयको जारी गरेको अपानी १३ को आधारमा तय गरिएको संख्या र मापदण्ड बमोजिम मनोनयन बाहेक २१५४ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको बताए। वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने संख्या १०८ कायम गरिएको छ । जुन सचिवालय बैठकले चयन गरेको हो। योसँगै ३०९ जना केन्द्रीय सल्लाहकारहरू समेत गरी कुल सहभागी संख्या २५७१ हुनेछ।