कांग्रेस महामन्त्री शर्मा भन्छन्- निर्वाचन वैशाखसम्म सरे फरक पर्दैन - farakdhar.com
Source: FRDH
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने बताएका छन् । जेनजी समूहहरूलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन वैशाखमा गर्नुपरे पनि त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्ने उनको भनाइ छ । शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार र जेनजी बीचको सहमतिलाई स्वागत छ । विभिन्न आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्ने सहमति महत्त्वपूर्ण छ । मुलत जे...