Redirecting...

पूर्वी राप्ती, महाकालीसहित ६ वटा नदीमा भोलिसम्म नै बाढीको जोखिम - arthasanjal.com

पूर्वी राप्ती, महाकालीसहित ६ वटा नदीमा भोलिसम्म नै बाढीको जोखिम - arthasanjal.com
Source: sanj

काठमाडौं । ६ वटा नदीमा भोलिसम्म नै बाढीको जोखिम रहेको छ । बाग्मती, पूर्वी राप्ती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीमा जलसतह थप बढ्न सक्ने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले यी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज दिउँसोसम्म बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि दिउँसो ३ बजेदेखि जलसतह घट्न थालेको छ । बबई नदीमा ५ दशमलव ५ मिटर चेतावनीको तह र ६ दशमलव ८ मिटर खतराको तह मापन गरिन्छ । तर आज ७ दशमलव १ मिटरसम्म पुगेको थियो । आज दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर, काभ्रे र मकवानपुरसहित आसपासका जिल्लामा बहने नदीको बहाव बढ्न सक्ने हुँदा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । बाढीविद् विनोद पराजुलीका अनुसार बाढीको उच्च जोखिम रहेका क्षेत्रमा पूर्वसूचना प्रवाह भइरहेको छ । जिल्ला प्रशासन, पालिका र नागरिकलाई पूर्वसूचना दिएर सचेत रहन सन्देश पठाइएको उहाँले जानकारी दिए ।