यी हुन् विश्वभरि अहिलेसम्म मापन गरिएका सर्वाधिक शक्तिशाली भूकम्प - www.bbc.com
Kamchatka of Geophysical Survey/Anadolu via Getty Images हालै म्याग्निट्यूड ८.८ को भूकम्पले सुनामी पैदा गर्दा रुस, अमेरिका, जापान र प्रशान्त सागरीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको थियो रुसको क्याम्च्याट्का प्राय:द्वीपनजिकै बुधबार गएको म्याग्निट्यूड ८.८ को भूकम्प अहिलेसम्म अभिलेख भएकामध्येकै शक्तिशालीमा पर्छ।स्थानीय समयअनुसार बिहान ११:२५ मा गएको उक्त भूकम्पले सुनामीका छाल उत्पन्न गराएसँगै रुस, अमेरिका, जापान र प्रशान्त सागरीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको थियो।विश्वका सर्वाधिक शक्तिशाली भूकम्प कुनकुन थिए र तिनले किन सुनामी पैदा गर्न सक्छन्? रुसमा म्याग्निट्यूड ८.८ को भूकम्प, अभिलेखमा भएकामध्ये 'छैटौँ ठूलो'भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु हुँदैन सर्वाधिक शक्तिशाली भूकम्पसन् १९९० ताका आधुनिक भूकम्प विज्ञानको अध्ययन र अभ्यास सुरु भएयता केवल रुसी तटमा आएका पाँचवटा भूकम्प म्याग्निट्यूड ८.८ भन्दा शक्तिशाली रहेका छन्।अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (यूएसजीएस)का अनुसार चिलीमा सन् १९६० मा आएको म्याग्निट्यूड ९.५ को भूकम्प हालसम्म अभिलेखमा रहेमध्ये सबैभन्दा शक्तिशाली हो। उक्त भूकम्पमा १ हजार ६ सय ५५ जना मारिनुका साथै करिब २० लाख मानिस बेघर भएका थिए। भूकम्पको पूर्वानुमान किन प्रायः मिल्दैन, वैज्ञानिकहरू किन गर्न खोज्दैनन् भूकम्पलाई विनाशकारी बनाउने सात कारक तत्त्वहरू रुसको क्याम्च्याट्का प्राय:द्वीप नजिकै आएको भूकम्प सन् २०११ मा जापानको तोहोकुमा आएको भूकम्पपछिको शक्तिशाली हो। त्यतिखेर विनाशकारी सुनामी आएको थियो र फुकुसिमाको दाइची परमाणु केन्द्रलाई सङ्कटतर्फ डोर्याएको थियो।यसअघि क्याम्च्याट्का प्राय:द्वीपनजिकै सन् १९५२ मा म्याग्निट्यूड ९.९ को भूकम्प गएको थियो।उक्त भूकम्पले हवाईमा भीषण सुनामी पैदा गरेको र १० लाख डलरभन्दा अधिक मूल्यबराबरको क्षति गराएको यूएसजीएसले जनाएको छ।बुधवारको भूकम्पअघि उक्त सूचीको अर्को स्थानमा सन् २०१० मा चिलीमा र सन् १९०६ मा एक्वडोरमा आएको म्याग्निट्यूड ८.८ का भूकम्प थिए। BBC अहिलेसम्मका परिणामस्थानीय अधिकारीहरूका अनुसार भूकम्प गएको केही बेरमै उत्पन्न चार मिटर अग्ला छालहरूले रुसी सहर सेभेरो–कुरिल्स्कका बन्दरगाह र माछा प्रशोधन केन्द्रहरूलाई जलमग्न बनाएको थियो।त्यस्तै जापानको इवाते प्रिफेक्चरमा १.३ मिटर उचाइको सुनामीको छाल पैदा भएको मौसमसम्बन्धी निकायले जनाएको छ। त्यस्तै सुनामीका छालहरू अमेरिकाका हवाई र क्यालिफोर्नियासम्म पनि पुगेका विवरणहरू आएका छन्।जापान, रुस र हवाईमा जारी गरिएको सुनामीको चेतावनीको स्तरलाई क्रमशः कम गर्दै लगिएको थियो। भूकम्प आएको पत्ता लगाउन सक्ने मोबाइल फोन जापानमा भूकम्पका कारण जमिन कसरी सर्यो Emergency Situations of Russia / Handout/Anadolu via Getty Images उक्त देशका अधिकांश भागमा चेतावनीको स्तर घटाइनुअघि जापानमा १९ लाख मानिसहरूलाई सुरक्षित स्थानतर्फ जान भनिएको थियो।कोलम्बिया र न्यूजील्यान्डमा त्यस किसिमको आदेश अहिले पनि यथावत् छ।उत्तर र दक्षिण अमेरिका, ओशिआनिया र एशियाका केही भागमा सुनामीका चेतावनी र सतर्कता अपनाउन सूचना जारी गरिएको थियो। यस्तै अलास्कादेखि टोङ्गासम्मका पहिले जारी गरिएका सतर्कतासम्बन्धी सूचनाहरू भने हटाइएका थिए। अधिकारीहरूले तटीय क्षेत्रहरूलाई नजिकैबाट नियालिरहेका छन्।लगभग समान तीव्रता भएका पछिल्ला भूकम्पपछि उत्पन्न सुनामीका विवरणहरूको विश्लेषणको आधारमा अधिकारीहरूले उच्च सुनामीको स्थिति कम्तीमा एक दिनसम्म कायम रहने अनुमान गरेका थिए।भूकम्पले किन सुनामी पैदा गर्छ?पृथ्वीको बाहिरी पत्र अलगअलग खण्डमा बाँडिएका हुन्छन्। तिनलाई 'टेक्निकल प्लेट्स' भनिन्छ र ती 'पजल'का टुक्राजस्ता हुन्छन्।ती प्लेटहरू निकै सुस्त गतिमा सर्छन्, सायद वर्षभरिमा केही सेन्टिमिटर मात्रै र त्यो भनेको लगभग हाम्रो औँलाका नङ बढे बराबरजस्तै हो।तिनीहरू एकअर्काको विपरीत वा एकअर्कातर्फ सर्दै गर्दा त्यसका केही हिस्सा "अड्किन" सक्छन् र त्यहाँ लामो समयसम्म तनाव बढ्दै जान्छ।अन्तत: उक्त स्थिति एउटा अतिमा पुगेपछि ती प्लेटहरू झट्काका साथ वा खस्किएर स्वाभाविक स्थानमा आउँछन्। शक्तिशाली भूकम्प जाँदा पनि जापानमा किन कम क्षति पुग्छफल्टहरू के हुन् र तिनले कसरी भूकम्पलाई प्रभाव पार्छन्? त्यसबाट भूकम्पका क्रममा महसुस हुने ठूलो स्तरको ऊर्जा निस्किन्छ।समुद्रभित्र उक्त घटना भएको खण्डमा उक्त हलचलले पानीलाई सबै दिशातर्फ विस्थापित गर्न सक्छ र त्यो सुनामीका रूपमा तटरेखासम्म पुग्न सक्छ।"सुनामीको एउटा सर्वव्यापी नियम के हो भने त्यसका छालहरू जेट प्लेनको गतिमा अघि बढ्छन्," हवाई विश्वविद्यालयका 'जिओफिजिक्स एन्ड टेक्टोनिक' विभागका सहायक प्राध्यापक हेलेन यानिसेब्स्कीलले बीबीसीसँग भनिन्।उनले बताएअनुसार सुनामीका छाललाई भूकम्पको केन्द्रबिन्दुबाट अन्य स्थानमा पुग्न हवाईजहाजलाई एउटा सहरबाट अर्कोमा पुग्न लाग्नेजत्तिकै समय लाग्छ। BBC सबै भूकम्पले सुनामी उत्पन्न गराउँदैनन्अमेरिकाको 'न्याश्नल ओशियानिक एन्ड एट्मोस्फेरिक एड्मिनिस्ट्रेशन' (एनओएए) का अनुसार, "सामान्यतया: खतरनाक सुनामी पैदा गर्नका निम्ति भूकम्पको तीव्रता म्याग्निट्यूड ८.० भन्दा माथिको हुनुपर्छ।" "समुद्रको पीँधमा हुने हलचलको मात्रा, भूकम्प गएको क्षेत्रको आकार र भूकम्प गएको स्थानभन्दा मास्तिरको पानीको गहिराइ पनि सुनामीको आकार निर्धारित गर्ने महत्त्वपूर्ण कारक हुन्।"एनओएएले अधिकजसो सुनामीहरू समुद्रमुनि वा समुद्रको नजिक र पृथ्वीको सतहबाट १०० किमि तल जाने म्याग्निट्यूड ७.० माथिका भूकम्पहरूबाट उत्पन्न हुने गरेको पाइएको जनाएको छ।'ग्लोबल हिस्टोरिकल सुनामी डेटाबेस' मा उल्लेखित धेरैजसो (८९%) सुनामीहरू ठूला भूकम्पहरू वा त्यसका कारण हुने भूस्खलनका कारण उत्पन्न भएका छन्। नेपालको हिमाली क्षेत्र किन भूकम्पको उच्च जोखिममा छ?भूकम्पपछि भग्नावशेषमा फसेका मानिस कति दिन जीवित रहन सक्छन् बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।