Redirecting...

राष्ट्रपति पौडेलले गरे जनै तथा रक्षाबन्धन ग्रहण - farakdhar.com

राष्ट्रपति पौडेलले गरे जनै तथा रक्षाबन्धन ग्रहण - farakdhar.com
Source: FRDH

राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवं रक्षाबन्धन ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेका थिए ।