Redirecting...

यूट्युबको नयाँ नीति: भिडियोमा अपशब्द भए पनि मनिटाइज गर्न सकिने - technologykhabar.com

यूट्युबको नयाँ नीति: भिडियोमा अपशब्द भए पनि मनिटाइज गर्न सकिने - technologykhabar.com
Source: tckb

युट्युबले अद्यावधिक गरेको आफ्नो एड्भरटाइजर्स–फ्रेण्डली गाइडलाइन (विज्ञापनदाता–मैत्री दिशानिर्देशहरू) ले अब क्रियटरहरुलाई उनीहरूको भिडियोहरूमा कडा अपशब्दहरू भए पनि पूर्ण विज्ञापन राजस्व कायम राख्न अनुमति दिने भएको छ। युट्युबको मनिटाइजेसन पोलिसी एक्सपिरियन्स प्रमुखले क्रियटर इन्साइडर च्यानलमा पोस्ट गरिएको भिडियोमा परिवर्तनको बारेमा पुष्टि गरेका हुन्। क्रिएटरहरूलाई अब पूर्ण मनिटाइजेशन कायम राख्दै उनीहरूको भिडियोको पहिलो सात सेकेन्डमा कडा अपशब्दहरू प्रयोग गर्न अनुमति दिइएको उल्लेख गरिएको छ। नयाँ नियमहरू “प्रसारण मापदण्डहरूसँग मिल्दोजुल्दो” भएको र “विज्ञापनदाताहरूले युट्युबमा भएका विज्ञापनहरूको अपशब्द र भर्खरै प्रस्तुत गरिएको विज्ञापन बीचको दूरी हुने अपेक्षा गरेको” भिडियोले व्याख्या गरेको छ। यो कदम युट्युब कन्टेन्टमा अपशब्दहरूको प्रयोग बढाउनको लागि नभएर यो “विज्ञापनदाताहरूलाई निश्चित सामग्रीसँग आफ्ना विज्ञापनहरू राम्रोसँग मिलाउन अनुमति दिनको” लागि भएको उल्लेख छ। यदि क्रिएटरहरूको भिडियो शीर्षक वा थम्बनेलमा गालीगलौजहरू छन् भने तिनीहरू पूर्ण मनिटाइजेशनको लागि योग्य नहुने जीएसएमएरिनाले रपोर्ट गरेको छ। त्यसैगरी, युट्युबले अमेरिकामा नाबालिगहरूका लागि नयाँ उमेर प्रमाणीकरण प्रणाली रोल आउट गरेको छ। नयाँ प्रणालीले भिडियोहरूमा उनीहरूको चासो, सर्च हिस्ट्रि र एकाउण्ट खोलेको समयबाट प्रयोगकर्ताहरूको उमेर छुट्याउन मेसिन लर्निङ मोडेल प्रयोग गर्दछ। यदि प्रणालीले १८ वर्ष भन्दा कम उमेरको भएको पुष्टि गरेको खण्डमा भने यसले स्वचालित रूपमा युट्युबको उमेर फिल्टरहरू सक्रिय गर्ने, व्यक्तिगत विज्ञापनहरू असक्षम पार्ने र डिजिटल वेलबिइङ्ग टुल्स इनेबल पार्नेछ। The post यूट्युबको नयाँ नीति: भिडियोमा अपशब्द भए पनि मनिटाइज गर्न सकिने appeared first on Technology Khabar.