आजदेखि नेपालगञ्जमा घरेलु तथा साना उद्योग महोत्सव - kendrabindu.com
जानकी। नेपालगञ्जमा आयोजना हुन लागेको घरेलु तथा साना उद्योग महोत्सव–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । घरेलु तथा साना उद्योग प्रवद्र्धन समिति जिल्ला शाखाको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेको सहआयोजनामा आजदेखि सुरु हुने महोत्सव आगामी माघ १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै उद्यमशीलता विकास, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक विकासमा टेवा पु¥याउनु रहेको आयोजकले जनाएको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत हुनेछन्। चर्चित गायक तथा गायिकासहित स्थानीय प्रतिभाहरूको सहभागितामा विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ। महोत्सवस्थलमा व्यापारिक तथा मनोरञ्जनात्मक प्रदर्शनी, हस्तकलाका सामग्री, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि सामग्री, सूचना प्रविधिसम्बन्धी सामग्री तथा विभिन्न स्टलहरू रहनेछन् । करिब १०० भन्दा बढी स्टल राखिने र महोत्सव अवधिभर चार लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका उद्योग, जलस्रोत तथा ऊर्जामन्त्री सरिता चौधरीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी, घोडा दौड, झुला प्रतियोगिता, विविध खेलकुदका गतिविधि तथा मनोरञ्जनात्मक कार्यक्रम गरिनेछन्।