Redirecting...

कजारियाको ‘आर्क एण्ड अरा’ - ehimalayatimes.com

कजारियाको ‘आर्क एण्ड अरा’ - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । भारतको नम्बर वान टाइल ब्राण्ड कजारियाले वार्षिक आर्किटेक्ट एवं डिजाइनर मिट ‘आर्क एण्ड अरा’ काठमाडौंमा आयोजना गरेको छ । सो अवसरमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांश अग्रवालले प्रस्तुति दिँदै कम्पनीको विश्वव्यापी उपलब्धिहरू, नेपालमा निर्माण विस्तार, आर्टिस्ट्री र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभयो । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्डअनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रमेश टाइल्सले आधुनिक सजावटका बदलिँदो रुचिलाई ध्यानमा राख्दै चार हजारभन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गरेको छ । कम्पनीका अनुसार नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र सयभन्दा बढी भरपर्दो डिलरको बढ्दो नेटवर्क साथ कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ ।