बागमतीमा भण्डारी पक्षका सांसदलाई बाइपास, ओली क्याम्पका ६ जना मन्त्री बन्ने लाइनमा - bishwokhabar.com
काठमाडौं– बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने छन् । प्रदेश प्रमुखको कार्यालयले उनको नियुक्ति दिउँसो ३ बजे र शपथ ४ बजेका लागि तय गरिएको जनाएको छ । बानियाँ नेतृत्वको सरकारमा नेकपा (एमाले) सहभागी हुँदैछ । एमालेबाट मन्त्रीहरू पनि आजै शपथ लिने तयारीमा छन् । एक सांसदका अनुसार पूर्वस्वास्थ्य मन्त्री किरण थापा मगर पुनः दोहोरिने भएका छन् । अन्य पाँच नयाँ अनुहार सरकारमा जाने छन् । एमालेले संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सरकारमा भाग लिँदैछ । थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । अन्य मन्त्रीहरूमा जयराम थापा (श्रम, रोजगार तथा यातायात), भरतबहादुर केसी (वन तथा वातावरण), मधुसूदन पौडेल (कृषि तथा पशुपन्छी विकास), डा.दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास) र बिन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन) रहनेछन् । यद्यपि मन्त्रालयको जिम्मेवारीमा केही फेरबदल सम्भव रहेको स्रोतको भनाइ छ भने विद्यादेवी भण्डारी पक्षका केही सांसदलाई बाइपास परिएको छ ।