युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त - ehimalayatimes.com
Source: hmlt
लण्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो मुख्य प्रशिक्षक रुवेन आमोरिमलाई बर्खास्त गरेको छ । जिम्मेवारी सम्हालेको १४ महिना पनि बित्न नपाउँदै आमोरिमलाई बर्खास्त गरिएको हो । हाल ३१ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको युनाइटेड शीर्ष स्थानको आर्सनलभन्दा १७ अंकले पछाडि छ । पछिल्ला दुई खेलमा बराबरी खेलेको युनाइटेड नयाँ प्रशिक्षक भित्र्याउने निर्णयमा पुगेको हो । विभिन्न स्रोतका अनुसार क्लबका पूर्वखेलाडी ड्यारेन फ्लेच्चरले बुधबार प्रिमियर लिगमा बर्नलीविरुद्ध टचलाइन सम्हाल्नुहुनेछ । आमोरिमको नेतृत्वमा युनाइटेडले गत वर्ष युइएफए युरोपा लिगको फाइनल खेलेको थियो । टोली इंग्लिस प्रतिद्वन्द्वी टोटनहम हटस्पर्ससँग १-० ले पराजित भएको थियो । एजेन्सी