Redirecting...

एमाले ११औँ महाधिवेशनः नयाँ नेतृत्वका लागि ओली–पोखरेलबीच प्रतिस्पर्धा - ehimalayatimes.com

एमाले ११औँ महाधिवेशनः नयाँ नेतृत्वका लागि ओली–पोखरेलबीच प्रतिस्पर्धा - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबीच नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट उपाध्यक्ष, उपमहासचिव र सचिव पदका उम्मेदवार टुंगो लागेको छ। ओली समूहबाट उपाध्यक्ष पदका उम्मेदवारमा विष्णु पौडेल, रामबहादुर थापा (बादल), प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र गुरु बरालको नाम फाइनल गरिएको छ। यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, रघुबीर महासेठ र भानुभक्त ढकाल उम्मेदवार बन्ने हुनुभएकाे छ । सचिव पदका लागि ओली पक्षबाट लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, डा. राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश बस्नेतको नाम समावेश गरिएको छ। आगामी नेतृत्वका लागि अध्यक्ष पदमा पोखरेल समूहबाट ईश्वर पोखरेल स्वयं प्रतिस्पर्धामा उत्रने हुनु भएकाे छ। महासचिव पदमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने पक्का भएको छ। उपाध्यक्ष पदमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम टुंगो लागेको स्रोतले जनाएको छ। उपमहासचिव पदमा योगेश भट्टराई उम्मेदवार बन्ने निश्चित भएको छ भने उपमहासचिवकै उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि समावेश गरिएको छ। सचिव पदका लागि रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेललगायतका नाम करिब टुंगो लागेको एक नेताले जानकारी दिए। यसैगरी सचिवको उम्मेदवार सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि समावेश गरिएको छ। यद्यपि छलफल जारी रहेकाले उम्मेदवारी दर्ताको समयसम्म केही नाममा हेरफेर हुन सक्ने ती नेताले बताएका छन्। महाधिवेशनमा देशभरबाट दुई हजार २६२ प्रतिनिधि सहभागी छन्। नयाँ नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।