Redirecting...

भोजपुरमा तीन दिने निःशुल्क आँखा शिविर सम्पन्न, ११८ जनाको सफल शल्यक्रिया - ehimalayatimes.com

भोजपुरमा तीन दिने निःशुल्क आँखा शिविर सम्पन्न, ११८ जनाको सफल शल्यक्रिया - ehimalayatimes.com
Source: hmlt

भोजपुर । पहाडी जिल्ला भोजपुरमा तीन दिने नि:शुल्क आँखा शिविर संचालन भयो । जहाँ आँखामा मोतियाबिन्दु तथा समस्या हुने नागरिकहरुको शल्यक्रिया समेत गरियो । बिगत लामो समयदेखि आँखामा समस्या भएर राम्ररी देख्न नसक्ने बृद्धबृद्धाहरुले पनि आँखा स्पष्ट देख्न थालेपछि शल्यक्रियामा खटिने डाक्टरलाई आर्शिवाद नै दिनुभयो । सेवा पाएका बृद्धबृद्धाले शल्यक्रियामा संलग्न बिराटनगर आँखा अस्पतालमा कार्यरत डाक्टर रक्षा बस्नेतलाई आगामी दिनमा पनि यस्तै नागरिकलाई सेवा दिन आर्शिवाद दिनुभयो । जिल्लामा संचालन भएको शिविरमा डा. बस्नेत लगायतको स्वास्थ्यकर्मीको टिमले एक सय १८ जनाको सफल शल्यक्रिया गर्यो । आँखाको शल्यक्रियापछि सेवाग्राहीले खुशी हुदै भन्नुभयो, ‘अव आँखा प्रष्ट देख्न पायौ, हामीलाई खुशी लागेको छ ।’ भोजपुरमा नगरपालिका वडा नम्वर १२ टक्सारको पुरानोडवलीमा सञ्चालन भएको तीन दिने निशुल्क आँखा परिक्षण तथा शल्यक्रिया शिविरमा चार सय ९४ जनाको आँखा परिक्षण गरियो । आर्थिक अवस्था र घरायसी समस्याका कारण अन्यत्र उपचारका लागि जान नसक्ने जिल्लाका नागरिकलाई नजिकै तीन दिने शिविर सञ्चालन भएपछि राहत मिलेको नेपाल नेत्रज्योती संघ भोजपुरका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो ।नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा बिराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा भोजपुर नगरपालिका वडा नम्वर। १२, पुरानो डवलीमा भएको शिविरमा आँखा परीक्षण, मोतियाबिन्दुको शल्यक्रिया, मासु पलाएको, चस्माको पावर जाँच लगायतका सेवाहरु प्रदान गरिएको केन्द्र भोजपुरका प्रमखु बिजय तामाङले जानकारी दिनुभयो । पहाडी जिल्लाहरुमा सञ्चालन गरिने शिविरहरुमा आँखा अस्पताल बिराटनगरले प्राविधिक सहयोग गर्दै आईरहेको छ । आँखा समस्या समाधानका लागि ठुला शहरहरुमा जानु पर्दा बढी खर्च हुने गरेको अवस्थामा आफनै स्थानीय स्तरमा संचालन हुने शिविरहरु प्रभावकारी देखिने गरेको नेपाल नेत्रज्योती संघ भोजपुका सदस्य धर्मराज राईको भनाई रहेको छ ।