Redirecting...

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ - www.pardafas.com

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ - www.pardafas.com
Source: pfds

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादर महरा पक्राउ परेका छन् । उनलाई भेप मार्फत सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले पक्राउ गरेकाे हाे । १० पुस २०७९ मा २ वटा सुट्केश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (भेप) मार्फत् सुन तस्करी गरेको अभियोगमा आज अनुसन्धानका लागि महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले पक्राउ गरेको हो । आइतबार सीआईबीले एक विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको जानकारी दिएको छ । सुन तस्करी प्रकरणमा महरा २०८० साल चैत्र ५ गते भैरहवाबाट पक्राउ परेका थिए। पछि सीआईबीका अनुसन्धान अधिकृतको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतामा छोडेको थियो। ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो। उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका थिए। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। अनुसन्धानका क्रममा ८ करोड ५५ लाख २८ हजार ३ सय मूल्य बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाइ संगठित आपराधिक लाभ लिएको देखिएकाले भन्सार ऐन २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा महरा संलग्न रहेको खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।