टंक भट्टराईको अध्यक्षतामा झापाली समाज यूकेको नयाँ कार्यसमिति - ehimalayatimes.com
लण्डन । झापाली समाज यूकेले नयाँ कार्यसमिति गठन गरेको छ । हालै सम्पन्न समाजको साधारणसभाबाट टंक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गुरु इजम, लोकनाथ अधिकारी र भूपाल कार्की चयन हुनुभएको छ । महासचिवमा देवीप्रसाद गौतम, सचिवमा गौरव कन्दङ्वा, कोषाध्यक्षमा छवि कार्की र सह-कोषाध्यक्षमा कृष्ण फेम्बो निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सन्तोष तिम्सिना, नगेन्द्रप्रसाद खरेल, देवीमाया लिम्बु, रोशन सिम्खडा, एल.एन.घिमिरे, हस्तबहादुर लिम्बु र कृष्ण चापागाईं चयन हुनुभएको छ । साथै पूर्वकाउन्सिलर धन गुरुङ, पूर्वअध्यक्ष अर्कराज तिम्सिना तथा झापाली समाज आईसीसीका संस्थापक उपाध्यक्ष ललित न्यौपानेलाई संरक्षकको जिम्मेवारी दिइएको छ । साधारणसभामा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष अर्कराज तिम्सिनाले गर्नुभएको थियो भने सञ्चालन महासचिव देवीप्रसाद गौतमले गर्नुभएको थियो ।नवगठित कार्यसमितिले आगामी दुई वर्षभित्र समाजका कार्यक्रम, सदस्यता व्यवस्थापन तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।