कविता : नाभि - sahityapost.com
एउटै सानो वृत्ततर त्यसभित्र समेटिएको छसारा ब्रह्माण्डको पहिलो स्पन्दन।यहीँ फूटेको थियो सृष्टिको पहिलो चाह,यहीँ जन्मेको थियो प्रेमर यहीँ देहले बुझेको थियो —आफू माटो होइनऊर्जा होज्वाला हो। नाभि त्यो द्वार होजहाँबाट पृथ्वीको शक्ति माथि उठ्छकुण्डलिनी झैँ रीढको प्रत्येक सीढी चढ्दैसहस्रारसम्म पुग्छ।यही बाटो होजहाँ स्त्री र पुरुष शक्ति र शिव बन्छन्र मिलेर एक ब्रह्मस्वरमा रूपान्तरित हुन्छन्। नाभिको चारैतिर देहको भाषा मौन बन्छशब्द हराउँछन्र रहन्छ केवल —श्वास र कम्पनको संवाद।प्रियले जब नाभिमा श्वास राख्छ,त्यो स्पर्श होइनदीक्षा हो — देह होइनआत्मा नै काँप उठ्छ ।सृष्टिमा पुनः प्रवेशको त्यो क्षण हो। यहीँ योग छ —जहाँ वासना र ध्यान एकै धारामा बग्छन्।नाभिको भित्र मातृत्व बस्छबाहिर प्रणय खिल्छर बीचमा आत्माको अधूरो वलयजो हरेक जन्ममा पूरा हुन खोज्छ। नाभि — न त मात्र शरीरको झिल्ली होन त केवल इच्छा गाँठोयो त त्यो बिन्दु हो —जहाँ ब्रह्म र मनुष्य एक–अर्कालाई चिन्छन्बिना शब्द, बिना नामकेवल अनुभूतिको स्पन्दनले। The post कविता : नाभि appeared first on साहित्यपोस्ट.