आमाहरूको रहर: निर्वाचन प्रहरी बनेर घरखर्च जुटाउने - nepalkhabar.com
Source: nkkb
पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन् तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको लागि जुटिरहेकी छन्। उमेरले ५३ वसन्त पार गरेकी तीन सन्तानकी आमा रहेकी उनी रहरले भन्दा पनि परिवारको आर्थिक अवस्थाको कारणले निर्वाचन प्रहरीमा होमिनु परेको सुनाउँछिन्। ‘यो उमेरमा रहरले त के हुन्थ्य...