Redirecting...

सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घट्यो - ujyaaloonline.com

सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घट्यो - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी ७० रुपैयाँले घटेर तोलाको तीन हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय २५ रुपैयाँ थियो ।