Redirecting...

इन्टरनेट प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो, यसै वर्ष काठमाडौँ र पोखरामा फाइभजी चल्छः सञ्चारमन्त्री - taksarnews.com

इन्टरनेट प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो, यसै वर्ष काठमाडौँ र पोखरामा फाइभजी चल्छः सञ्चारमन्त्री - taksarnews.com
Source: tsar

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताएका छन्। विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताएका हुन् । उनले इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको रुपमा संयुक्त राष्ट्रसंघले सन् २०१६ मा पास गरिसकेको बताए । उनले नेपाल सरकारले टेलिकमको पहुँचबाट नेपालको एउटा पनि घर छुट्नु हुँदैन भनेर काम गरिरहेको बताए अहिलेलाई नेपालभर नै फोरजीको पहुँच पुर्‍याउने र फाइभजी चालु आर्थिक वर्षमै काठमाडौँ र पोखरा शहरमा पुर्‍याउने गरी सरकारले काम गरिरहेको बताए । उनले फाइभ जी टेक्नोलोजी प्रयोग नगरिए एआईको सही प्रयोग हुन नसक्ने बताए ।मन्त्री गुरुङले सबै नेपालीले इन्टरनेटको प्रयोग गर्नसक्ने बनाउनु आजको सरकारको दायित्व भएको बताए ।