मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा सिंह नियुक्त - nepalnews.com
Source: NPNW
जनकपुर। मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा सुनीलरञ्जन सिंह नियुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज (मंगलबार) उनलाई नियुक्त गरेका हुन्। प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिंहलाई मधेस प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गरेको उल्लेख छ। नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले प्रदेश सरकारका तर्फबाट कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नुका साथै प्रदेश सरकार संलग्न मुद्दामा सरकारको प्रतिनिधित्व गर्ने जिम्मेवारी सम्हाल्नेछन्।