सप्तरीमा सिँचाइका लागि गाडिएका २३ वटा ट्युबवेल प्रयोगविहीन - ujyaaloonline.com
Source: unn
सप्तरी – सप्तरीमा सिँचाइ सुविधाका लागि केही वर्षअघि गाडिएका ४३ मध्ये २३ वटा डिप ट्युबवेल प्रयोगमा आउन सकेका छैनन् । ४३ मध्ये १७ वटा मात्र अहिले सञ्चालनमा रहेको र २३ वटा डिप ट्युबवेल अझै सञ्चालनमा आउन नसकेको अवस्था छ । सप्तरी र सिरहामा भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहाले मुख्य रुपमा डिप बोरिङ जडान गर्ने गरेको छ । कार्यालयमार्फत अहिलेसम्म सप्तरीमा ४३ वटा डिप बोरिङ जडान भएको तर तीमध्ये १७ वटा मात्र सञ्चालनमा रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । केहीमा ट्रान्सफर्मर चोरी भएको छ, कुनैबाट व...