Redirecting...

ओलीको हात समाएर भलाकुसारीमा प्रफुलित ज्योति मगर, सँगै खाए सुन्तला (तस्बिरहरू) - www.sutranews.com

ओलीको हात समाएर भलाकुसारीमा प्रफुलित ज्योति मगर, सँगै खाए सुन्तला (तस्बिरहरू) - www.sutranews.com
Source: sutr

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र चर्चित गायिका ज्योति मगरबीच भएको आत्मीय भेटले भृकुटीमण्डपमा हल्लाखल्ला मच्चाएको छ। महाधिवेशन स्थलमै ओली र ज्योति मगर एकसाथ सुन्तोला खाँदै अनौपचारिक गफ गरिरहेका देखिन्छन्। भृकुटीमण्डपमा नेताहरू आन्तरिक शक्ति सन्तुलन र नेतृत्व चयनमा व्यस्त रहँदा ज्योति र ओलीसहित केही नेताहरू भलाकुसारी गरिरहेका देखिन्छन्। सार्वजनिक तस्वीर र भिडियोमा ओली र ज्योति मगर सहज र आत्मीय देखिन्छन्। गायिका ज्योति मगर पछिल्लो समय खुलेरै एमालेप्रति सकारात्मक धारणा राख्दै आएकी छन्। विभिन्न सार्वजनिक कार्यक्रम र अभिव्यक्तिमा उनले एमालेको समर्थन गरेको देखिन्छ। मंगलबार पनि मगर एमालेलाई समर्थन गर्न महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी थिइन्। उनले उपाध्यक्ष पदका उमेदवार पृथ्वी सुब्बा गुरुङलगायत नेताका निम्ति मत मागेकी थिइन्।