वैदेशिक रोजगारीको क्षेत्रमा अन्तरिम सरकारले गर्न सक्ने धेरै काम छन् - farakdhar.com
Source: FRDH
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा व्यवस्था नेपाल सरकारको एक महत्त्वपूर्ण पहल भए पनि यसको कार्यान्वयनमा अझै धेरै चुनौती र सुधारका सम्भावना देखिएका छन् । नेपाल सरकारले वैदेशिक रोजगारीमा जानुअघि श्रम स्वीकृति लिन सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता गराउने व्यवस्था लागू गरेको छ । यसले वैदेशिक रोजगारमा जाने प्रत्येक नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा जोड्ने सकारात्मक काम गरेको छ । यसबाट श्रमिक फर्किएपछि स्वास्थ्य, दुर्घटना, मृत्यु तथा आश्रित परिवारका लागि केही सुरक्षा सुनिश्चित हुने आधार बने...