Redirecting...

भाषा संस्कृति लिपिको संरक्षणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की - nagariknews.nagariknetwork.com

भाषा संस्कृति लिपिको संरक्षणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की - nagariknews.nagariknetwork.com
Source: ngrk

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा श्रद्धा अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्री कार्कीले महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता र सद्भावतर्फ अघि बढ्न प्रेरणा दिएको बताए। उनले बाल्यकालदेखि नै समाज सुधारमा लागेका महागुरुको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। फाल्गुनन्दको सन्देश आज पनि जीवनपथका अमूल्य प्रेरणाका स्रोत भएको मुख्यमन्त्री कार्कीको भनाइ छ।उनले महागुरुको आदर्शबाट प्रेरित भई शान्त, समृद्ध र सहिष्णु समाज निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्। मुख्यमन्त्री कार्कीले फाल्गुनन्दको शिक्षाले सत्य, सद्भाव र एकताको भावनालाई सुदृढ पार्ने विश्वास व्यक्त गरेक छन्।उनले कोशी प्रदेश सरकार यहाँको भाषा संस्कृति लिपिको संरक्षण सम्वर्द्धनमा प्रतिबद्ध रहेको बताउँदै संवैधानिक व्यवस्था अनुसार भाषाहरूलाई प्रदेशमा प्रयोगमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।