कविता : बहस - sahityapost.com
Source: shpt
एउटा उक्लँदै थियो उकालो,अर्को ओर्लँदै थियो ओरालो ।जम्काभेट भो देउरालीमाएउटा भन्थ्यो, “उफ! कस्तो उकालो !”अर्को भन्थ्यो, “होइन, कस्तो ओरालो !” उक्लनेले पसिना पुछ्दै भन्यो“होइन, यो बाटो उकाली नै हो ।”ओर्लनेले खुट्टा दुखेको देखाउँदै भन्यो“होइन, यो बाटो ओरालो नै हो ।” बसयहीँबाट सुरु भयो भिन्नतात्यहीँबाट सुरु भयो मतभेदबस, सुरु भयो बहस । जमात बढ्दै गयो,हुल बढ्दै गयो ।माथिका सबैले एक स्वरमा भने“यो बाटो ओराली नै हो ।”तलकाले अझ ठुलो स्वरमा भने“यो बाटो उकाली नै हो ।” दुवैका प्रमाण अकाट्य थिएबहसका निर्णयकर्ता कोही थिएनन् । बहस लम्बिँदै गयोजो आजसम्म निरन्तर चलिरहेछ ।जबसम्म अरुको भावनाको सम्मान हुँदैनतबसम्म यो बहस अनन्तसम्म चलिरहनेछ !!!