Redirecting...

झापा पुगेर राजेन्द्र लिङदेनले भने: मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ - nagariknews.nagariknetwork.com

झापा पुगेर राजेन्द्र लिङदेनले भने: मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ - nagariknews.nagariknetwork.com
Source: ngrk

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा, पूर्वाधारलगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको बताएका छन् । झापाको हल्दिबारी गाउँपालिका–१ र ५ जोड्ने भुल्का मार्गको आज उद्घाटन गर्दै लिङदेनले हरेक दृष्टिकोणले सम्पन्न नेपाल नबन्नुपर्ने कुनै कारण नरहेको बताए।उनले भने, ‘विश्वका धेरै मुलुकहरूले फड्को मारिसकेको अवस्थामा नेपाल नबन्नुपर्ने कारण छैन । यहाँ प्राकृतिक स्रोत पर्याप्त छ, हामी सांस्कृतिक सम्पदामा धनी छौँ । स्रोतको सही सदुपयोग गर्दै परिणाम प्राप्त गर्न मुलुकको शिक्षा, नीति, राजनीति र नेतृत्व परिवर्तन गर्न आवश्यक छ ।’शिक्षा नीति, राजनीति र नेतृत्व सही भएमा देश पाँचदेखि १० वर्षमा बन्ने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार नियन्त्रण गरेर असल सोचका साथ सबैले सकारात्मक समन्वय गरी देश विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘सात–आठ वर्ष अघि कालोपत्र सडक हेर्न छिमेकी पालिका बिर्तामोड र भारत जानुपर्ने अवस्थाका थियो । अहिले हल्दिबारीका सबै मुख्य सडकहरू कलोपत्र भइसकेका छन्, यो विकासको चरणअन्तर्गत पर्दछ ।’पूर्वाधार निर्माण हुनुमात्र ठूलो विषय नभई त्यसको संरक्षण गर्दै त्यसको माध्यमबाट नागरिकको जीवनस्तर उठाउनेतर्फ योजनाबद्ध काम गर्नुपर्ने उनले बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले झापाका १५ वटा स्थानीय तहमध्ये हल्दिबारी गाउँपालिकामा सबैभन्दा कम बजेट प्राप्त हुने गरेको बताउँदै सोही कारणले आन्तरिक आम्दानी पनि कम हुने गरेको बताए ।