सुरभिको १७४ औँ शृङ्खलामा खकुरेल पुरस्कृत, बाजुरामको ‘सुनटिकी’ लोकार्पण - sahityapost.com
काठमाडौँ । सुरभि–मुना–पुष्कर चालिसे छन्दकविता पुरस्कार यस वर्ष कवि रमेश खकुरेललाई अर्पण गरिएकाे थियाे भने प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलद्वारा लिखित खण्डकाव्य ‘सुनटिकी’ सार्वजनिक गरिएकाे थियाे । कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । प्रतिष्ठानका संरक्षक गोविन्द घिमिरे वेदमणि, वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, पुरस्कार संस्थापक मुना र पुष्कर चालिसे, भद्रवासस्थित भवानी पौडेल स्मृति प्रतिष्ठानका अध्यक्ष वासुदेव पौडेल, शिक्षा सेवी उद्धव रायमाझी, विनोद चापागाईंलगायतका विशिष्ट अतिथिहरूले आफ्नो उपस्थिति जनाउनुभएकाे थियाे । कार्यक्रमको प्रारम्भ प्रतिष्ठानकी सहसचिव मेनका पोखरेल आचार्यको स्वागत मन्तव्य र कविता वाचनबाट भएकाे थियाे । विशेष कविता वाचन सत्रमा कविहरू घनश्याम प्रसाईं, रञ्जु खनाल, शारदा पराजुली, वासुदेव पौडेल, परशुराम पराशर, दिवाकर न्यौपाने तथा अध्यक्ष पौडेल स्वयंले कविता र गजल वाचन गर्नुभएकाे थियाे । पुस्तक ‘सुनटिकी’ को लोकार्पणपछि प्रमुख अतिथि रिसालले गोकर्णेश्वर नगरलाई साहित्यिक नगर बनाउने दिशामा सुरभि साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै नगरपालिकाबाट भावी साहित्यिक प्रतिभा विकासका लागि अन्तरविद्यालय प्रतियोगिता गराउने प्रतिवद्धता जनाउनुभयाे। विशिष्ट अतिथि श्रेष्ठले साहित्यिक कार्यलाई सबैले सघाउनु पर्नेमा जोड दिँदै प्रतिष्ठानलाई वडा कार्यालयबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयाे । अर्का अतिथि घिमिरे वेदमणिले असारलाई भानुभक्तको जन्म महिनाको सन्दर्भमा विशेष कविता वाचन र छन्दकविता पुरस्कार वितरण गर्नु अत्यन्त सान्दर्भिक रहेको बताउनुभयाे । पुरस्कार संस्थापक पुष्कर चालिसेले पारिवारिक सल्लाहअनुसार वैवाहिक वर्षगाँठको खर्च साहित्यिक योगदानमा रूपान्तरण गर्न अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभयाे । कार्यक्रमको अन्त्यमा मधुसूदनप्रसाद घिमिरे, ऋचा, सुशील आचार्य, आलोक चालिसे, विजय चालिसे, शारदा पराजुली, दिवाकर न्यौपाने, रञ्जु खनाल लगायतका स्रष्टाहरूले कथा तथा लघुकथा वाचन गर्नुभएकाे थियाे । परशुराम पराशरले कार्यक्रममा सञ्चालन गर्नुभएकाे थियाे । The post सुरभिको १७४ औँ शृङ्खलामा खकुरेल पुरस्कृत, बाजुरामको ‘सुनटिकी’ लोकार्पण appeared first on साहित्यपोस्ट.