Redirecting...

सूर्यवंशीको सट - ehimalayatimes.com

सूर्यवंशीको सट - ehimalayatimes.com
Source: hmlt

नयाँदिल्ली । भारतका युवा खेलाडी वैभव सूर्यवंशीले युएईविरुद्ध १४ छक्का प्रहार गरेर विश्व कीर्तिमान बनाउनुभएको छ । यू-१९ एसिया कप खेलमा उहाँले ९५ बलमा १७१ रन बनाउनुभयो । यस इनिङमा वैभवले १४ छक्का र नौ चौकाको मद्दतले १८० को स्ट्राइक रेटमा ब्याटिङ गर्नुभयो । यससँगै उहाँ २००८ मा अष्ट्रेलियाका माइकल हिलको १२ छक्काको रेकर्ड तोड्दै युवा एकदिवसीयमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बन्नुभएको छ । १४ वर्षीय वैभवले केवल ५६ बलमा आफ्नो शतक पूरा गर्नुभयो । उहाँको ब्याटिङले भारतलाई युवा एकदिवसीयमा आफ्नो उच्चतम योगफल बनाउन मद्दत ग¥यो । टोलीले ४३३ रन बनायो, जसले गत वर्ष स्कटल्याण्डविरुद्ध ढाकाले बनाएको ४२५ को रेकर्डलाई उछिनेको थियो । भारतले खेल २३४ रनले जित्यो । वैभव मुश्ताक अली ट्रफीमा शतक बनाउने सबैभन्दा कान्छा ब्याट्सम्यान हुनुहुन्छ । वैभवले १० दिनअघि सैयद मुश्ताक अली ट्रफीमा पनि शतक बनाउनुभएको थियो । उहाँले डिसेम्बर २ मा इडेन गार्डेनमा महाराष्ट्रविरुद्ध ६१ बलमा अविजित १०८ रन बनाउनुभएको थियो, जसमा ७ चौका र ७ छक्का समावेश थिए । साथै, वैभव १४ वर्षको उमेरमा तीनवटा टी-२० शतक बनाउने एकमात्र खेलाडी हो । सूर्यवंशी आइपिएलमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी पनि हो । उहाँले १४ वर्ष ३२ दिनमा अर्धशतक प्रहार गर्नुभएको थियो ।