Redirecting...

मनाङको उपचुनाव स्थगित - www.pardafas.com

मनाङको उपचुनाव स्थगित - www.pardafas.com
Source: pfds

कात्तिक १७ गतेका लागि तय भएको मनाङ प्रदेशसभाको उपचुनाव स्थगित भएको छ । आइतबार सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि त्यसदिनको उपचुनाव नगर्ने समझदारी बनेको हो । चुनाव स्थगित भएको बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अर्को मिति तय गर्ने नेपाल प्रेसलाई जानकारी दिए । उप निर्वाचन प्रयोजनका लागि असोज २२ र २३ गते दल दर्ताको कार्यतालिका सार्वजनिक भइसकेको थियो । जेन जीको आन्दोलनपछि सृजना भएको अवस्था र अहिलेको विपदका कारण उक्त कार्यतालिका प्रभावित भएपछि आयोगले निर्वाचन स्थगित गरेको भण्डारीले बताए । प्रतिनिधिसभा विघटनसँगै रुपन्देही ३ को प्रतिनिधिसभा उपचुनाव भने यसअघि नै रद्द भइसकेको छ ।