वर्गसमन्वयवादी र वर्गशत्रुतावादी : सँगै हिँड्ने दुष्कर्म नगरौं - ehimalayatimes.com
ईष्र्यीघृणीत्वसन्तुष्टो क्रोधनो नित्यशङ्गित । परभाग्योपजीवी च षडेते दुःखभागिनः ।। दुःखी को को हुन् ?यो श्लोक पढ्दा यसको गुप्त रहस्य मैले पटक्क बुझेको थिइन । शाब्दिक अर्थ बुझ्नुलाई म बुझेको ठान्दिन । यो सूक्ति हो । यसले शाश्वत् सन्देश दिएको हुन्छ । यो कहिल्यै गतार्थ हुँदैन । मानव सभ्यता छउन्जेल यस प्रकारका सूक्तिमय भनाइले सार्थकता प्रदर्शन गरेका हुन्छन् । नचाहिँदो गरी इष्र्या गर्ने, घृणा गर्ने, असन्तुष्ट रहने, क्रोध गर्ने, नचाहिँदो किसिमले सबैमाथि शंका गर्ने, अर्काले देला गर्ला, पु¥याउला भनेर आश गर्ने यी छ प्रकारका मान्छेले जीवनमा सुखानुभूति गर्न पाउँदैनन् । सुख–दुःख भनेको पनि मानसिक अनुभूतिमात्र हो । आत्मानं अनुकूलवेदनीयं सुखम् आत्मानं प्रतिकूलवेदनीयं दुःखम् भनेर शास्त्रले भनेको छ । यस्ता छ प्रकारका प्रवृत्ति भएको मान्छे जत्रोसुकै ठूलो कुलमा उत्पन्न भएको होस् जतिसुकै धनीमानी र प्रतिष्ठित परिवारको सदस्य होस् त्यो नित्य दुःखी मानिन्छ । नेपाली समाजमा यस्ता धेरै व्यक्ति भेटिँदारहेछन् । जनकपुरको ज्ञानकुपमा रहेको नेपाल राजकीय संस्कृत प्रधान पाठशालामा प्रथमामा पढ्दा नै पहिले अ.ने.रा.ले पाएथे । पछि तिनका प्रवृत्ति मन नपरेर करिब एक महिनापछि नै कांग्रेसका कुरा, विचार सुनेपछि नेपाल विद्यार्थी संघमा लागेको थिएँ । अहिले आएर सकेसम्म इतिहास र समाज विकासका शृंखला पढ्दै जाँदा मानव मस्तिष्कले पत्तालाएको राजनीतिक पद्धतिमध्ये आवधिक चुनाव, कानुनी सर्वोच्चतासहितको बहुदलीय प्रजातान्त्रिक व्यवस्थाभन्दा राम्रो अर्को रहेनछ भन्ने निष्कर्षमा पुगेँ । अहिले क्रान्तिकारी, विशाल कुलघरानमा उत्पन्न भएका सत्यवादी निडर निर्भीक, उदार लोकप्रिय भनिएका मान्छेका मुखमा लागेको मखुन्डो उत्रिएको धेरैले अनुभव गरेको देखिन सुनिन लागेको छ । कैकेयीका मुठीको माखो बनेको स्त्रैण राजा दशरथले रामलाई वनवास र भरतलाई राजगद्दी दिँदाको बेथा लागेको छ आज नेपाली कांग्रेसमा । आज आएर यति राम्रो व्यवस्था पनि कुपात्रका हातमा पर्यो भने कुराउनी कुहे झैँ कुहेर गनाउँदोरहेछ भन्ने महसुस मैलेमात्र होइन सारा नेपालीले गर्न लागेका बेला नेपाली कांग्रेसका काम एकअर्काका विरुद्ध जसरी खेमाबद्ध भएर उभिएका छन् त्यसलाई हेर्दा सत्ता र स्वार्थले मानवलाई दानवमा रूपान्तरण गर्दोरहेछ भन्ने पष्ट भएको छ । देशमा प्रजातन्त्रको बियाड राख्ने पहिलो घरका सदस्य पनि स्वार्थ, सत्ताको लोभ आदि कुराले मानवीय धरातलबाट तल झरेको देखिन लागेको छ । गोरखा दरबार होस् या कोइराला निवास होस् दुवै नेपालका गौरवमय धरोहर थिए । दल भनेको विचार मिल्ने, दर्शन मन पराउने र संगठित भएर सामूहिक स्वार्थमा लागेर आफ्नो बुद्धि वर्गतले भेटेको काम गरेर देश, जनताका निमित्त काम गर्न खास नीति र नियमका परिधिमा रहेर अवसरको समान उपयोग गर्दै स्वस्थ प्रतिस्पद्र्धामा विश्वास गर्नेको समूह हो भन्ने परिभाषा आज आएर आफन्त, परिवार, नसनाता, ग्रुप आदिका निमित्त जायज नाजायज छलछाम धोकाधडी गर्नु उद्देश्य भएको संगठन भनेर परिभाषा बदल्नुपर्नेगरी नेपाली राजनीतिक मैदानमा देखापरेका मखुण्डी खेलाडीका आचरणले देशको समृद्धि भाइचारा, विश्वबन्धुत्वमा विश्वास गर्ने र आस्था राख्नेका लागि टुकुचा लाग्ने अवस्थामा यिनले परिणत गरेका छन् । उजेलीपुजेली दिन गुमाई, जुनेली रातमा बिस्कुन सुकाई भन्ने उखानले संकेत गरेका व्यवहारमा केन्द्रीय सभापतिदेखि वरिष्ठ नेता हुँदै पार्टीका महामन्त्रीसम्म लाग्दा त्यो पार्टी दुनियाँमा पार्टी रहन्छ र ? निर्गन्धाइव किंसुकारूपयौवनसम्पन्नाःविशालकुलसम्भवाः ।विद्याहीनानशोभन्ते निर्गन्धाइव किंसुकाः ।।नेपाली कांग्रेसमा छलछाम, अविश्वास, कलाविहीन जालझेल, स्वार्थ र षड्यन्त्रको महानदी प्रवाहित हुनलागेको देखिन्छ । ४५ दिनको छलछामपछि केन्द्रीय कार्यसमितिले गरेको सर्वसम्मत निर्णयलाई कार्यसम्पादन समितिको साधारण बहुमतले जुठेल्नामा फालेको पनि देखियो । आफ्नै दलभित्रको परिवाद, ग्रुपवाद, नीतिहीनता, जुम्सोपना र सर्वसत्तावादका विरुद्ध निडर बनेर जनताका घरदैलामा पुगेर बोल्ने नेताको पनि अडानका डेग धर्मराएको देखियो । सामाजिक सञ्जालमा छाउने र प्रचारप्रसारमा मात्र ध्यान केन्द्रित गरी आफ्ना जिम्मेवारीका काममा खोट लाग्ने किसिमले चर्को स्वर तथा तिगडमबाजी गर्ने तरुणपुस्ता देखिए । कालालाई कालो नभनेर कृष्णसारको पगरी गुताएर दोषलाई गुणमा रूपान्तरण गर्ने र छेपाराले झैँ अवसर अनुसार भेष बदल्नेका पछि नेताजेता लाग्ने गरेको आमदृश्यावली पनि देखियो । विचार गर्दा यी सबै रूप, यौवन भएका असल कुलमा जन्मेका, पलाँसका फूल जस्ता वासनाविहीन देख्दाका डाल दिनखानका काललाई आसलाग्दा नेता भनेर नेपाली जनता वञ्चकका काखमा सुत्न लागेका पनि देखिए । यी सबै कुरालाई विचार गर्दा कालो कोयली हो या काग हो भनेर चिन्नका लागि वसन्त ऋतु आउनुपर्छ-काकोकृष्णः पीकोकृष्णः कोभेदः काकपीकयोः?प्राप्ते वसन्त समये काकोकाकः पीकोपीकः ।।जब वसन्तको समय या उपयुक्त समय आउँछ अनि काग र कोयली के हो भन्ने कुरो उसका क्रियाकलाप बोली गतिविधि आदिबाट चाल पाउन सकिन्छ भन्ने सूक्तिले हामीलाई व्यक्तिको मूल्यांकन गर्ने आधार प्रस्तुत गरिदिन्छ । स्वार्थका लागि बोल्ने हो या सत्यका लागि भनेर छुट्याउन बेला पर्खनु पर्दोरहेछ । अहिले क्रान्तिकारी, विशाल कुलघरानमा उत्पन्न भएका सत्यवादी निडर निर्भीक, उदार लोकप्रिय भनिएका मान्छेका मुखमा लागेको मखुन्डो उत्रिएको धेरैले अनुभव गरेको देखिन सुनिन लागेको छ । कैकेयीका मुठीको माखो बनेको स्त्रैण राजा दशरथले रामलाई वनवास र भरतलाई राजगद्दी दिँदाको बेथा लागेको छ आज नेपाली कांग्रेसमा । केही परजीवी कामन्त्रले लट्ठ परेका सभापति र नेताहरूको करनी र कथनी देखेर लाजले मुख छोप्नुपरेको होला । नेपाली कांग्रेस भनेको वर्गसमन्वयवादी चरित्रको पार्टी थियो । आज यसले यही चरित्रको हुँ भन्न चाहिँ छाडेको छैन तर करनीमा यो दहीच्युरे भयो । संसद्मा सबैभन्दा धेरै सिट ल्याउँदा पनि कहिले उग्रवामलाई त कहिले मन्दमत्थर बनेको भनिएको वामलाई नै काँधमा बोकेर हिँडेको सबैले देखेका छन् । आजको देशको आवश्यकतातिर ध्यान दिने हो भने जसरी एक्लो बीपीले उग्रदक्षिणपन्थीको नायक राजालाई र उग्र वामपन्थीका प्रशिक्षणमा रहेका पुष्पलाल आदिलाई दायाँबायाँ काखीमा च्यापेर २०१५ सालको चुनावमा कांग्रेसलाई अद्वितीय बहुमत दिलाएका थिए । दक्षिणपन्थीले आठ वर्ष जेल र आठै वर्ष निर्वासनमा पठाउँदा पनि कालान्तरमा दक्षिणपन्थी शक्तिले बाध्य भएर बीपीलाई देशमा गतिविधि गर्न दिनुपरेको इतिहास कसैले बिर्सेका छैनन् । यसै अर्थमा उनले फ्रान्सेली पत्रकारलाई ‘राजाको र मेरो घाँटी जोडिएको छ’ भनेका थिए । गिरिजाप्रसाद कोइराला तयार नहुँदानहुँदै पनि गणेशमान र कृष्णप्रसादले प्रजातन्त्र ल्याउन कांग्रेस र वाममोर्चाको कार्यगत एकता गर्ने योजना बनाएर २०४६ सालमा प्रजातन्त्र ल्याए पनि कांग्रेसको वर्गसमन्वयवादी चरित्र र कम्युनिष्टको वर्गशत्रुतावादी चरित्रको अनमेलका कारणले दिनानुदिन उग्रवामपन्थी र उग्रदक्षिणपन्थीको हैसियत बढ्दै गएर वाम र कांङ मिलेर दक्षिणपन्थीलाई घरबाट निकाले तर प्रजातन्त्रलाई बलियो बनाउन सकेनन् । एक तीरले दुई सिकार गरी डा.शेखर-गगन समूहको सिकार विसं २०८२ मंसिर महिना १८ गते डढेलाका पहिरामुनि बसेका शकुनि बैठकले महाभारतमा दुःशासनले द्रौपदीको शरीर नंग्याउने प्रचेष्टामात्र गरेको थियो तर कांग्रेसका शकुनिले लोकप्रियताको अनुहारलाई विधिबाँण छाडेर चाल्नु बनाएको पनि देखियो । आचरणविहीनता, भ्रष्टाचार, नसनातावाद, दलवाद, घूसखोरी, दलनायकका मनपरीतन्त्रले सीमा नाघ्नाको परिणतिका रूपमा भदौ २३ को २ बजेसम्मको शान्त सौम्य अवस्थाले उग्ररूप धारण गरी भदौ २४ को नेपाल दहनकाण्ड मञ्चन भएको थियो । यसमा धेरै शुरा कम्युनिष्ट सेनाका शरणमा गए भने कायर कांग्रेस सभापति सपत्निक राम्ररी शरीर मालिस गराउँदै देखिएका थिए । आज तिनै फेरि कमिलाधमिरा र छिचिमिराका डरले अतिशूरवीर ओली र अझै महायोद्धा प्रचण्डको वैशाखी बनेर चुनावको मैदानमा जान तयार तर आफ्नै दलका आचारवान् आफ्ना प्रतिस्पद्र्धीलाई किनारा लाएर आफ्नै अरौटे क्षेत्री जिताउन माखेसाङ्लो बुनिरहेका छन् । एक प्रकारलेभन्दा शेखर, गगन र विश्वप्रकाशका समूहलाई माछोमाछो भ्यागुतो गराउन डा.शेखरको शालीन चरित्रलाई पनि छट्टुहरूले उपयोग गरे । कांग्रेस रूपका कागका शरीरमा उत्पत्ति भएका यी चम्जुम्रा, सुल्सुले काग नरुन्जेल रगत चुस्न छाड्दैनन् । एकतिर एक तीरले दुई सिकार गरी डा.शेखर गगन समूहको सिकार विसं २०८२ मंसिर महिना १८ गते डढेलाका पहिरामुनि बसेका शकुनि बैठकले महाभारतमा दुःशासनले द्रौपदीको शरीर नंग्याउने प्रचेष्टामात्र गरेको थियो तर कांग्रेसका शकुनिले लोकप्रियताको अनुहारलाई विधिबाँण छाडेर चाल्नु बनाएको पनि देखियो । अहिलेको अवस्थामा डा.शेखर लोकप्रिय थिए तर भोलि कसलाई थाहा छ र ? नसंशयमनारुह्य नरोभद्राणि पश्यतिसंशयपूर्ण काम फत्ते नगरेसम्म कल्याणकारी अवस्थाको अनुभव गर्न सकिँदैन । अहिले देशलेमात्र होइन विदेशका पनि प्रजातान्त्रिक शक्तिले नेपाली कांग्रेसको निर्णयको प्रतीक्षा गरिरहेका बेला नेपाली कांग्रेस भौतिक रूपमा टुटफुट नभए पनि मानसिक रूपमा सुन्तलाको दानुजस्तो भित्र भिन्नाभिन्नै केस्रा बाहिर बोक्रे एकताका भरमा रहन विवश भएको छ । पोथी बासे अलच्छिन लाग्छ भन्ने नेपाली उखान नेपाली राजतन्त्र र नेपाली राजनीतिक दल दुबैतिर देखिएको छ बुझ्नेका लागि । व्यासका पालाको सिंहको गर्जन अबको नेपालमा छैन । अब साना पोथ्रा र झाडीमा लुक्नसक्ने स्याल र हुँडारको कान खाने आवाज सुनिन्छ । आजका हुँडारलाई अमेरिका, युरोप र भारतले हुर्काएर परेठ खेलाउँदै छन् । यस्तो बेलामा जो आसलाग्दो थियो त्यो पनि जेठाजु पर्ने बनेर निक्लियो भने सदाचार, विधिको पालना र सामयिक निर्णय समान व्यवहार गरेर त्यसमा अडान खोज्ने युवा या परिपक्व मानसिकताले कहाँ गएर त्राण लिने ? उनीहरूको आस्था र विश्वासको रूखलाई सानो भ्रमका बतासले नराम्रोसँग पछारेको जस्तो देखिएको छ । इतिहासले देखाएको छ जब जब नेपाली कांग्रेस कमजोर भएको छ तब तब नेपाली प्रजातन्त्रका आकाशमा कालो बादल मडमरिएको छ । दम्भ, घमण्ड र लुटखसोटको राज चलेको छ । आज नेपाली राजनीति रामलाई वनवास पठाएपछिको अयोध्या जस्तो बनेको छ । यस्तो किन भयोभन्दा पुराना कुत्सित चरित्रले आसलाग्दा चरित्रलाई हुर्कनै नदिने भए । सुकर्म गर्न आरम्भै हुन नदिने गरी रावण, कुम्भकर्णले मिलेर विभीषणलाई राज्यबाटै निकाल्न लागे । मन्थरा र कैकेयीको गुप्त मन्त्रणा भयो । यो आभास आज धेरै नेपालीले गरेका छन् । बुझेर गर्नसक्नेले बुझिदिए राम्रो नत्र यो लेख पनि अरण्यरोदनमा परिणत हुनेछ ।