कालीगण्डकीको बहाब यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा - ujyaaloonline.com
Source: unn
पर्वत – लगातारको वर्षाले कालीगण्डकी नदीमा पानीको बहाब यस वर्षकै उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको पानी कारण आज बिहान नदीको सतह ६ मिटर माथी पुगेको गेज रिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । नदीको बहाब बढेपछि पर्वतका बगरफाँट, वारीबेनी, मालढुङ्गा, जैमिनीघाटलगायतका तटीय क्षेत्र जोखिममा परेका छन् । विश्वकै ठूलो शालिग्राम शिला र आसपासका संरचना डुबानमा परेका छन् । शिला संरक्षणका लागि बनाइएका तटबन्ध र ग्याबियन समेत बगाएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँध...