Redirecting...

कविता : तिमी मेरो एक्लो स्थायी उम्मेदवार - sahityapost.com

कविता : तिमी मेरो एक्लो स्थायी उम्मेदवार - sahityapost.com
Source: shpt

तिमी आयौ चुनावी मैदानमामेरो स्वतन्त्रताको घोषणापत्र बोकेरसाझा निर्णयलाई कार्यशैली भन्यौविस्तार र समृद्धिलाई गन्तव्य । जब कोणसभामा भाषण गर्‍यौतिम्रा शब्द–शब्दमा पोखिएआत्मविश्वास र समझदारीआपसी सम्मान र जिम्मेवारी । जति तिमी बोल्यौ खुलस्तत्यति म कसिएँ विश्वासलेतिमीलाई सुन्दै निर्धक्क बनेँतिम्रो मतदातामा दर्ज हुन । कतिलाई तिमीले सुनायौ एजेन्डाकतिको मैले सुनेँ आश्वासनतिम्रो घोषणापत्रमा भावना मेरै भेटेँतिम्रो जितमा विजयी हुन मतदान गरेँ । मेरो एक भोट मात्रशतप्रतिशत विश्वासमा तिमी विजयीदुवैको समर्थन र साझा स्वीकृतिमाचुनियौँ प्रधानमन्त्री र गृहमन्त्री दुई । दुई दशकको दाम्पत्य शासनमासाझा सङ्घर्ष र अडिग समर्पण नैस्थिर घर–सरकारको सूत्रधार बनीसमृद्धिको सहयात्रा निरन्तर नै । परिष्कृत हुने मार्ग पहिल्याउन आऊनिर्वाचनमा फेरि वैधता लिऊँम तिम्रो एक्लो स्थायी मतदातातिमी मेरो एक्लो स्थायी उम्मेदवार ।