Redirecting...

अनरले सामसङ र एप्पलसँग प्रतिस्पर्धा गर्न वाइड फोल्डेबलमा काम गर्दै - www.technologykhabar.com

अनरले सामसङ र एप्पलसँग प्रतिस्पर्धा गर्न वाइड फोल्डेबलमा काम गर्दै - www.technologykhabar.com
Source: tckb

अनरले आफ्नो फोल्डेबल लाइनअपमा ठूला परिवर्तनहरूको योजना बनाइरहेको वेइबोमार्फत एक टिपस्टरले खुलासा गरेको छ। रिपोर्ट अनुसार म्याजिक भीएस सिरिजलाई पूर्ण रूपमा नयाँ फोल्डेबलले प्रतिस्थापन गरिने सम्भावना रहेको उल्लेख गरिएको छ। यो परिवर्तन मुख्य म्याजिक भी लाइनअपसँग गरिने भनेर नझुक्निको लागि आग्रह गरिएको छ। साथै स्रोतले भी फ्लिप उत्तराधिकारी २०२६ मा नआउने दाबी गरेको छ। अनरले नयाँ, वाइडर (फराकिलो) फोल्डेबलमा काम गरिरहेको बताइएको छ। आगामी आईफोन फोल्ड, ओप्पो फाइन्ड एन७ र अफवाह गरिएको सामसङ “वाइड फोल्ड” (आधिकारिक नाम होइन) को बारेमा हालैका लीकहरूलाई हेर्दा यो ह्यान्डसेटमा ४ः३ डिस्प्ले हुनेछ भनेर अनुमान गर्न सकिने बताइएको छ र २०२६ मा यो सबैभन्दा नयाँ कुरा हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ। ४ः३ आसपेक्ट रेसियोले डिभाइसलाई हालको म्याजिक भीएस३ भन्दा उल्लेखनीय रूपमा फराकिलो बनाउनेछ। यद्यपि सामसङको योजनाको विपरीत अनरले आफ्नो थप किफायती म्याजिक भीएस फोल्डेबल लाइनअपलाई प्रतिस्थापन गर्ने उल्लेख गरिएको छ। एप्पलले आफ्नो एक मात्र फोल्डेबलको लागि ४ः३ आसपेक्ट रेसियोलाई प्रयोग गर्ने योजना बनाएको छ भने सामसङले ४ः३ आसपेक्ट रेसियोलाई जेड फोल्ड८ र जेड ट्राइफोल्ड बीचको स्लटिङ रहेको आफ्नो प्रिमियम जेड फोल्ड मोडेलको लागि प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ। The post अनरले सामसङ र एप्पलसँग प्रतिस्पर्धा गर्न वाइड फोल्डेबलमा काम गर्दै appeared first on Technology Khabar.