वर्षाले विस्थापित सदा परिवार आफ्नै घर फर्के - nagariknews.nagariknetwork.com
Source: ngrk
गएको ४ दिनअघि अविरल वर्षाले विस्थापित यहाँका मुसहर (सदा) परिवार आफ्नो घर फर्केका छन् । १४ घण्टा लामो अविरल वर्षापछि आएको डुबान र कटानले विस्थापित भएका त्रियुगा नगरपालिका १३ लक्ष्मीपुर पोर्ताहका ३ घरधुरी सदा परिवार ३ दिनपछि आफ्नो घर फर्केका हुन् । बाढी र कटानले घर उच्च जोखिममा परेपछि उनीहरुलाई वडा कार्यालय र प्रहरीको सहयोगमा छिमेकीको घरमा लगेर सुरक्षित गरिएको थियो । वर्षा नरोकिएपछि घर बगाउने जोखिम भएपछि आइतबार मध्यराति उनीहरुलाई छिमेकीको घर लगेर राखिएको वडाध्यक्ष नविन चौधरीले बताए । उनका अनुसार २ दिनयता वर्षा कम भएपछि उनीहरु मङ्गलबार ्आफ्नै घर फर्केर बस्न थालेका छन् । वडाध्यक्ष चौधरीका अनुसार ३ घरधुरी परिवारमा जम्मा बालबच्चा र बृद्धबृद्धासहित १३ जना छन् ।