Redirecting...

फिल्म ‘रंगी’ को गीत ‘छ भने माया’मा टिकटक अफर - nagariknews.nagariknetwork.com

फिल्म ‘रंगी’ को गीत ‘छ भने माया’मा टिकटक अफर - nagariknews.nagariknetwork.com
Source: ngrk

आउँदाे फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’ ले दर्शकका लागि फिल्मको गीत ‘छ भने माया’ मा टिकटक अफर ल्याएको छ। फिल्म टिमले फिल्मको प्रचारप्रसारका लागि दर्शक लक्षित टिकटक अफर ल्याएको हो।जसअनुसार बाबुछोरीले यो गीतमा टिकटक बनाउनुपर्नेछ। फिल्मका प्रस्तुतकर्ता तथा प्रमुख कलाकार सलोन बस्नेतका अनुसार उत्कृष्ट टिकटक बनाउने पाँच बाबुछोरीले फिल्मको प्रिमियरमा कलाकारसँगै बसेर फिल्म हेर्न पाउनेछन्। पुरस्कृत बाबुछोरीको जोडीले राइनो लेदरको तर्फबाट आकर्षक पुरस्कार पनि पाउनेछन्।बाबुछोरीको कथा बोल्ने फिल्ममा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ। सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्म ‘रंगी’ सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको हो।सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।