Redirecting...

ओली टीमबाट एमाले महासचिवमा शंकर पोखरेल नै प्रतिस्पर्धामा उत्रिने, अन्य पदमा क-कसको लाग्यो टुंगो ? - kendrabindu.com

ओली टीमबाट एमाले महासचिवमा शंकर पोखरेल नै प्रतिस्पर्धामा उत्रिने, अन्य पदमा क-कसको लाग्यो टुंगो ? - kendrabindu.com
Source: kend

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा महासचिवमा शंकर पोखरेल नै प्रतिस्पर्धामा उत्रिने तय भएको छ । केपी शर्मा ओलीको टीमबाट पोखरेल महासचिवमा दोहोरिनका लागि उम्मेदवार घोषणा गरेका हुन् । यसैगरी उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानभुक्त ढकाल उम्मेदवार बन्नेगरी छलफल अन्तिम चरणमा पुगेको छ । ओलीको टीमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ । यद्यपी उम्मेदवार टुंगो लाग्न भने केही बाँकी छ । सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने तय भएको छ । अन्य नयाँमा खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र डा. राजन भट्टराई उम्मेदवार बन्ने भएका छन् । यद्यपी उपमपहासचिव र सचिवको नाम अन्तिममा केही तलमाथि हुनसक्ने नेताहरुको भनाइ छ । यता संस्थापन इतर पक्षले पदाधिकारीमा ४ जनाको नाम अन्तिम टुंगो लगाएको छ । अध्यक्षमा ईश्वर पोखरेलले उम्मेदवारी दिने भएका छन् । त्यस्तै, उपाध्यक्षमा गोकर्ण विष्ट, महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ । बाँकी उम्मेदवारबारे भने छलफल जारी नै छ । भोलिका लागि मतदान तोकिएको छ ।