खोकनालाई खुर्सानीको घुम्टो [तस्बिरहरू] - www.nepalclicks.com
Source: nplk
काठमाडौँ– प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो ओढेर बस्ने गर्छ। पुराना शैलीका कलात्मक झ्याल र बरण्डामा धागोले उनेर सुकाउन राखिएका रातो खुर्सानीहरूले यो ऐतिहासिक बस्तीको रूप अझै आकर्षक बनाउँछन्। खोकनाको भित्री बस्तीका अधिकांश घरमा अहिले रातो खुर्सानीका माला सजिएका देखिन्छन्। स्थानीयका अनुसार, साउनको घाममा खुर्सानी सुकाएर खान प्रयोग गर्न, भविष्यमा बीउको रूपमा राख्न तथा आवश्यक परेमा धुलो बनाएर बेच्नका लागि समेत प्रयोग गरिन्छ। तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी