Redirecting...

लक्जरी एल्युमिनियम ढोका–झ्यालको नयाँ अनुभव केन्द्र ‘स्काइलाइन’ शुभारम्भ - kendrabindu.com

लक्जरी एल्युमिनियम ढोका–झ्यालको नयाँ अनुभव केन्द्र ‘स्काइलाइन’ शुभारम्भ - kendrabindu.com
Source: kend

काठमाडौं । हुलास एल्युमिनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड स्काइलाइनको आधिकारिक शोरूम तथा अनुभव केन्द्र आज माइतीघरस्थित सेंट जेभियर्स कलेजको अगाडि उद्घाटन गरिएको छ। शोरूमलाई ‘एक्सपिरियन्स सेन्टर’ को रूपमा तयार पारिएको छ, जहाँ ग्राहकहरूले उत्पादनलाई वास्तविक लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्। उद्घाटन इभेन्ट ४–६ डिसेम्बर २०२५ (१८–२० मंसिर २०८२) सम्म निरन्तर सञ्चालन हुनेछ। हुलास एल्युमिनियमले आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्मित स्काइलाइन ढोका तथा झ्याललाई प्रिमियम क्वालिटी, आकर्षक डिजाइन र उत्कृष्ट टिकाउपन प्रदान गर्ने ब्रान्डका रूपमा प्रस्तुत गरेको छ। कम्पनीले यसलाई लक्जरी सेग्मेन्टमा गुणस्तर र मूल्य दुवैमा उत्कृष्ट विकल्प भएको दाबी गरेको छ। स्काइलाइनका विशेषताहरू -अन्तर्राष्ट्रिय स्तरको प्रिमियम एल्युमिनियम ढोका तथा झ्याल -आधुनिक डिजाइन र दीर्घायु सामग्री -लक्जरी इन्टेरियर तथा आर्किटेक्चरका लागि उपयुक्त -ग्राहकले प्रत्यक्ष अनुभव गर्न पाउने शोरूम -हुलास एल्युमिनियमको विश्वास र गुणस्तर स्काइलाइनको उद्घाटनसँगै हुलास एल्युमिनियमले नेपालको लक्जरी एल्युमिनियम डोर–विन्डो बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।