राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, आवेदन कसरी दिने ? - arthasarokar.com
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी मागेको छ । राष्ट्र बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी मागेको हो । राष्ट्र बैंकले विज्ञापन नै जारी गरेर कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना, व्यवस्थापक तर्फ एक जना, प्रशासनतर्फ ३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना र द्वितीय श्रेणीतर्फ २१ जना प्रशासन सहायक मागेको छ । राष्ट्र बैंकले आह्वान गरेको दरखास्तमा इच्छुक र योग्यता पुगेका नेपालीहरुले पुस १० गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर पुष १७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत पनि दिन सकिने राष्ट्र बैंकले जनाएको छ । परीक्षा दस्तुर तृतीय श्रेणीका लागि कुनै एक समूहका लागि १ हजार रुपैयाँ र समावेशी समूहबाट पनि आवेदन दिँदा प्रत्येकको थप ४०० रुपैयाँ तोकिएको छ । सहायक द्वितीय श्रेणीका लागि ८०० रुपैयाँ र समावेशी समूहका लागि थप ३०० रुपैयाँ तोकिएको छ ।