Redirecting...

अर्घाखाँची पासोमा परेर चितुवा मर्यो, उपचार गर्ने कर्मचारी घाइते - kendrabindu.com

अर्घाखाँची पासोमा परेर चितुवा मर्यो, उपचार गर्ने कर्मचारी घाइते - kendrabindu.com
Source: kend

अर्घाखाँची। यहाँको मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी –३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो । घाइते चितुवालाई उद्धार गरी उपचारका लागि अर्घाखाँची जिल्ला वन कार्यालयमा लगिएको थियो । उपचारका क्रममा सोमबार दिउँसो चितुवा मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिए। चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन् उनको उपचार भइरहेको छ ।