कविता: म त परदेशी मान्छे - sahityapost.com
आकाश उज्यालो हुनलाई बादल फाट्नुपर्छ,हल्का–हल्का हावा पनि चल्नु पर्छ।हो यस्तै, मान्छेको जिन्दगीले पनिबेला–बेला रङ्ग बदल्नुपर्छ। तर, दुःख लाग्छ,हाम्रो सरकारले देशमा कुनै रोजगार दिन सकेन।त्यसैले म जस्ता लाखौँ युवाहरूविदेशी भूमिमा पसिना बगाउन बाध्य छौँ ! हामीलाई पनि त रहर छ निआफ्नै घरमा बस्ने, अनिआमाले पकाएको त्यो… गुन्द्रुक र ढिँडो खाने।तर के गर्नु ? गरिबीले घरमा बस्न दिएन। एक मनले भन्छ,अब नेपालमै गएर केही गर्नुपर्छ ।फेरि अर्को मनले भन्छ,होइन तँ नेपाल गएर के गर्छस् ?न त तँ राम्रोसँग झूट बोल्न सक्छस्,न त तैँले कुनै नेताको झोले बन्न जानेको छस् ।अनि आँखा मिच्दै–मिच्दै साहुको मेला जान्छु । नेपाल सरकारसँग मेरो कुनै गुनासो छैन ।अझै धेरै युवा बेच्नु, तँलाई शुभकामना छ !आफ्ना रहर, सपना सबै मार्नुपर्छ,किनकि म त परदेशी मान्छे हो नि त ! चाडपर्व आउँछ अनि घरबाट आमाको फोन आउँछ।आमा भन्नुहुन्छ, “बाबु, तँ यो साल पनि आउँदैनस् ?”म भक्कानिँदै भन्छु, “आमा, नमरी बाँचे, दैवले साँचे,अर्को साल आउँछु नि ल !”यत्ति भन्नासाथ मेरी आमाले रुँदै–रुँदै फोन काट्नुहुन्छ। हो, यस्तै–यस्तै हुँदै बितेका छन्म परदेशीका दिनहरू। The post कविता: म त परदेशी मान्छे appeared first on साहित्यपोस्ट.