सुरेन्द्र पाण्डे भन्छन्- एमालेभित्रको मनपरीतन्त्रविरुद्ध संघर्ष जारी छ - farakdhar.com
Source: FRDH
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र मनपरीतन्त्रविरुद्धको लडाइँ जारी रहेको बताएका छन् । केन्द्रीय कमिटी बैठकले पुरानै विधान ब्युँताउने निर्णय गरेपछि प्रतिक्रिया दिँदै पाण्डेले विधान अधिवेशनका निर्णय उल्ट्याएर पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाइनु मनपरी निर्णय भएको आरोप लगाए । उनले भने, ‘के हाम्रा विधान अस्थायी हुन् ? हिजो संख्या घटाऔँ भन्ने, आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने ? यो सरासर मनपरी होइन भने के हो ?’ उनले पार्टी विधान, विधि र प्रक्रियाअनुसार चल्नुपर्ने बताए ।...