Redirecting...

काठमाडौं उपत्यकाको तापक्रम ५.४ डिग्रीमा झर्यो - www.onlinepana.com

काठमाडौं उपत्यकाको तापक्रम ५.४ डिग्रीमा झर्यो - www.onlinepana.com
Source: onpa

काठमाडौं उपत्यकाको तापक्रम ५.४ डिग्रीमा झर्यो काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे मौसम मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो । हिजो यो समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस थियो ।आजको आधिकारिक न्यूनतम तापक्रम ८ः४५ बजे फेरि मापन गरिन्छ । त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ । मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ । मौसमविद्का अनुसार न्यूनतम बिहान ८ः४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५ः४५ बजे मापन गरिन्छ । The post काठमाडौं उपत्यकाको तापक्रम ५.४ डिग्रीमा झर्यो appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).