Redirecting...

एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने - corporatekhabar.com

एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने - corporatekhabar.com
Source: cork

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने जानकारी दिए । एमालेले यसअघि चितवनमा सम्पन्न १०आँै राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो । एमाले महाधिवेशनले यसपटक १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ । एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् । एमाले महाधिवेशन यही मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने छ । The post एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.