निर्धारित समयमा निर्वाचन हुने कुरामा शीर्ष नेता अझै सशंकित - farakdhar.com
Source: FRDH
निर्धारित समय अनुसार प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारीसमेत गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकिसकेको अवस्था छ तर अझै पनि राजनीतिक दलहरू भने निर्धारित समयमा निर्वाचन हुने विषयमा शंका उपशंका व्यक्त गरिरहेका छन् । उनीहरुले विषय गरेर सरकारले सुरक्षा दिन नसक्ने भएका कारण निर्वाचन निर्धारित समयमा हुन नसक्ने जनाउँदै आएका छन् । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र लुटिएका हातहतियार फर्काउन सरकार असफल भएका कारण सुरक्षित वात...